प्रधानमन्त्री पद पाए भने देउवा कांग्रेस छोड्न पनि तयार हुन्छन् (भिडिओसहित)

म १३ वर्षको थिएँ। तनहुँबाट ६ दिन हिँडेर काठमाडौं आएँ। सानै उमेरमा राजनीतिमा लागेको थिएँ।

जीवनको ५६ वर्ष नेपाली कांग्रेसको सक्रिय राजनीतिमै बिताएँ। २०२१ सालदेखि निरन्तर नेपाली कांग्रेसमा सक्रिय रहेको मेरा लागि अब सबथोक अतित भएको छ।

कांग्रेसमार्फत् देश र जनताको मुक्तिको संघर्षमा लागिरहँदा मैले पनि धेरै कुरा पाएँ। ६-७ पटक मन्त्री भएँ।

पार्टीको सहमहामन्त्री पनि भए। तर यो सब मलाई कसैले दया गरेर दिएको दान थिएन। पार्टी र आन्दोलनमा मैले निर्वाह गरेको भूमिकाका आधारमा दिइएको जिम्मेवारी थियो। जुन जिम्मेवारी पूरा गर्ने काममा मैले कहिल्यै कुनै सम्झौता गरिनँ।

२०१७ सालपछि प्रजातन्त्रका लागि देशभित्र र बाहिर जति पनि आन्दोलन भए, म बीपी कोइरालासँगै हरेक पल हरेक आन्दोलनमा होमिएको मानिस हुँ।

२०२९-३० सालतिर मेरो जीवनमा एउटा गम्भीर मोड आयो। कांग्रेसमा रहेर प्रजातान्त्रिक आन्दोलनमा योगदान गरिरहने कि राजनीति छोडेर घर-परिवार हेर्ने भन्ने जटिल निर्णय लिनुपर्ने थियो।

तर मैले निमेषभर पनि नसोचिकन निर्णय गरेँ। मैले कांग्रेस रोजेँ। त्यो निरंकुशकालमा कांग्रेस रोज्नु भनेको आफ्नो ज्यानमात्र हत्केलामा राख्नु थिएन, मैले त कांग्रेससँगै परिवारको बिचल्ली पारिन सक्ने खतरा पनि रोजेको थिएँ।

म लगायत १० जनाले २०३५ सालमा अहिलेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ जिल्ला कार्यसमितिको सदस्यता दिएका थियौं।

म कांग्रेसको सहमहामन्त्री हुँदा शेरबहादुर देउवा र रामचन्द्र पौडेल केन्द्रीय सदस्य थिए। तर, अहिले अनुशासनको बहानामा उनीहरूले नै मलाई डन्डा लगाएका छन्।

पूरा जीवन समर्पित गरेको प्यारो पार्टीबाट मलाई निष्कासन गरेका छन्। उनीहरूका लागि कांग्रेस पद र प्रतिष्ठा हासिल गर्ने पार्टी होला। तर, मेरा लागि कांग्रेस निरन्तर लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरिरहने एउटा महान अभियान हो।

मेरो बुबा २०१८ सालमा कांग्रेस पार्टीमा लागेकै कारण जेल जानुभयो। म त २०२१ सालदेखि कैयौँपटक जेल गएँ, विभिन्न आन्दोलनका क्रममा छोरा–छोरी पनि पटक-पटक जेल गएका छन्।

एकपटक गिरिजाबाबुको हस्ताक्षर चोरेर एउटा निर्णय गरेको थिएँ। तर, मलाई कारबाही भएन, किनकी मैले त्यो काम जनाता र पार्टीका लागि गरेको हुँ भन्ने गिरिजाबाबुले बुझ्नु भएको थियो।

हाम्रो तीन पुस्ताले कांग्रेसका लागि जीवन खर्चेको छ। अहिले रामचन्द्र पौडेलसँग मिलेर शेरबहादुर देउवाले मलाई पार्टीबाट निकाले।

म ७१ वर्षको भएँ। अब मलाई पाँच वर्षपछि कांग्रेसमा फर्कन मन छैन। कांग्रेसमा म जस्तै अन्यायमा परेकाहरूको अभियन्ताका रूपमा अबको अभियान चलाउँछु।

यो सक्कली कांग्रेस पुनर्निर्माणको अभियान हुनेछ। स्वेच्छाचारी र पदलोलुप नेतृत्वका कारण कांग्रेसले आफ्नो सक्कलीपना गुमाइसकेको छ।

हाम्रो पालामा राजनीति गर्नेहरू पदका लागि यो क्षेत्रमा आउँदैन थिए। कांग्रेसबाटै धेरै थोक पाए पनि मैले पनि पदलाई कहिल्यै प्राथमिकतामा राखेको थिइनँ।

एकपटक गिरिजाबाबुको हस्ताक्षर चोरेर एउटा निर्णय गरेको थिएँ। तर, मलाई कारबाही भएन, किनकी मैले त्यो काम जनाता र पार्टीका लागि गरेको हुँ भन्ने गिरिजाबाबुले बुझ्नु भएको थियो।

तर, अहिले मेरै कोटको फेरो समातेर राजनीति सिकेकाहरूले मलाई नै राजनीतिबाट अलग गर्ने प्रयास गरेका छन्। रामचन्द्रजीको बारेमा पुराना कुरा कोट्याउँदा धेरै स्मरण छन्।

तनहुँको सदरमुकाम दमौलीमा मेरो घर थियो। उहाँ दमौलीमा आएपछि मेरै घरमा गाउँबाट ल्याएको झोला बिसाएर मेरी श्रीमतीले उसिनेको मकै र मोही खाएर मेरो पछि-पछि राजनीतिमा आउनु भएको हो।

पद र अवसरको हिसाबमा उहाँले अहिले धेरै ठूलो फड्को मारिसक्नुभएको छ। तर, तनहुँको कुरा गर्दा अहिलेसम्म पनि उहाँको कुनै योगदान छैन।

नेपाली कांग्रेसको नेतृत्वमा अहिले रहेका नेताहरूको चरित्र नै यस्तै छ। उनीहरू आफ्नो स्वार्थका लागि जोसुकैको पनि बलि चढाउन पनि तयार हुन्छन्। पार्टी, देश र लोकतान्त्रिक आन्दोलनको अभियानसँग उनीहरू उत्तरदायी छैनन्।

रामचन्द्रजीको पहलमा तनहुँमा एउटा पानीको धारासमेत जोडिएको छैन। खासमा उहाँले अहिले राजनीतिक बेस दमौली बनाउनुभएको छ। तर, त्यो ठाउँ खासमा उहाँको बेस होइन।

एकजना कन्हैया भन्ने मान्छेबाट उहाँले तनहुँ सदरमुकाममा सित्तैमा घर उपहार ल्याउनु भयो। पछि पार्टीमा उसैलाई लखेट्नुभयो। त्यो चरित्रको रामचन्द्रबाट मलाई केही अपेक्षा हुने कुरा पनि भएन।

रामचन्द्रजीको त्यो चरित्रबाट राम्ररी परिचित भएका कारण मलाई अहिले आफैंमाथि लौरो चलाउँदा अलिकति पनि दुःख लागेको छैन। तर लाज भने लागेको छ।

लाज कहाँ लाग्यो भने, मेरो सहयोग लिएर देउवाले चुनाव जिते। अहिले पुष्कर ओझालाई कारबाही गर्न मेरो बलि चढाए। देउवा जस्तो पदलोलुप मानिसबाट पनि मेरो कुनै अपेक्षा छैन। देउवाले प्रधानमन्त्री पद पाए भने कांग्रेस छोड्न पनि तयार हुन्छन्।

नेपाली कांग्रेसको नेतृत्वमा अहिले रहेका नेताहरूको चरित्र नै यस्तै छ। उनीहरू आफ्नो स्वार्थका लागि जोसुकैको पनि बलि चढाउन पनि तयार हुन्छन्। पार्टी, देश र लोकतान्त्रिक आन्दोलनको अभियानसँग उनीहरू उत्तरदायी छैनन्।

मलाई पनि उनीहरूको व्यक्तिगत स्वार्थपूर्तिको महत्वाकांक्षामा अवरोध ठानेर हटाउन खोजेका हुन्। तर, पार्टीबाट निकाल्दैमा मेरो राजनीतिक जीवन नै सकियो भन्ने पटक्कै होइन।

ममाथि अनुशासनको नाममा डन्डा चलाइएपछि कांग्रेसका एकजना केन्द्रीय सदस्यले फोन गरेर मसँग भने, ‘हामी लासजस्तो भयौं। तपाईंलाई पार्टीबाट निकालेको हेरिरह्यौं तर केही गर्न सकेनौं।’

गणेशमानजीले भन्नु हुन्थ्यो, ‘राँगालाई कसाईले जति पूजा गरे पनि आखिरमा उसको हत्या कसाईकै हातबाट हुन्छ’।

सुजाता कोइरालाले पनि फोन गरेर भन्नु भयो, ‘तपाईं एउटा निवेदन दिएर पार्टीमा फर्कनुस्’ भन्नुभयो।

अब गोविन्दराज जोशीले शेरबहादुर देउवा र रामचन्द्र पौडेलकहाँ गएर ‘सर म कांग्रेसमा आएँ, राख्नुस्’ भन्छ भनेर कसैले कल्पना गरेको छ भने त्यो मुर्खता मात्र हो। गणेमानजीले भन्नु हुन्थ्यो, ‘राँगालाई कसाईले जति पूजा गरे पनि आखिरमा उसको हत्या कसाईकै हातबाट हुन्छ’।

यसको अर्थ हो, ‘मलाई पाखा लगाएर मात्र आफ्नो भविष्य अगाडि जान सक्ने रामचन्द्र पोडेलको बुझाई छ। त्यसैले मेरो बलि चढाउनु रामचन्द्र पौडेलको आवश्यकता थियो। पुष्कर ओझा हटाउनुपर्ने शेरबहादुरको आवश्यकता थियो। दुवैजनाको बार्गेनिङ मिल्यो र हामीमाथि कारबाहीको नाटक गरिएको हो।

म तीन वर्षअघि गम्भीर बिरामी भएर उपचारको लागि भारतको दिल्ली गएको थिएँ। रामचन्द्रजी र म एकै जिल्लाको। त्यसमाथि मैले नै उनलाई राजनीतिमा अगाडि बढाएको थिएँ।

म बेहोसै भएर एअर एम्बुलेन्सबाट उपचारका लागि दिल्ली लगिँदा पनि त्यति पुरानो साथीले स्वास्थ्यलाभको कामना गर्नु भएन। बरु काठमाडौंबाट हतार-हतार तनहुँ गएर अब गोविन्दराज फर्किँदैन तपाईंहरू मेरो लाइन (गुट) मा आउनुस् भनेर मेरा शभचिन्तकहरूलाइ आह्वान गर्नु भएछ।

विनोद चौधरी जस्ता व्यापारी कांग्रेसबाट माननीय बनेका छन्। म पूरा जीवन कांग्रेसका लागि खर्चेको मानिस ७१ वर्षको उमेरमा निकालिएको छु।

कांग्रेस अनुशासन समितिको निर्णयका पछाडि पनि रोचक प्रसंग छ। म गृहमन्त्री हुँदा एकजनाको घरमा छापा मार्दा अहिले अनुशासन समितिमा सदस्य रहेका धनराज गुरूङले बेच्नका लागि संकलन गरेको रातो पासपोर्ट भेटियो।

त्यसैको आधारमा पछि एकजना नेताले धनराजलाई कारबाही गर्ने कुरा उठाए। उहाँलाई पनि त्यो रिस मेटाउने मौका अहिले मिल्यो। त्यसैले पनि उनीहरूको यो कदम मलाई सामान्य नै लागेको छ।

तर, म लामो समय बीपी कोइरालासँग काम गरेको कार्यकर्ता हुँ। म सधैँ उहाँको विश्वासिलो मान्छे थिएँ। अहिले शेखर र शशांक कोइराला कांग्रेसमा राम्रो स्थानमा छन्।

मलाई पार्टीबाट निकाल्दा कोइरालाहरूले एक शब्द बोलेनन्। उनीहरू बोलेर मलाई निकाल्ने निर्णय परिवर्तन हुँदैनथ्यो भन्ने मलाई राम्ररी थाहा छ। तर, बोलेनन भन्ने विषयले चाहिँ अलि मन दुखेको छ।

अर्को संयोग, मलाई निकाल्ने र सुनीलबहादुर थापालाई भित्र्याउने काम सँगसँगै भयो। यो कुरो ठिकै होला।

तर, विनोद चौधरीजस्ता व्यापारी कांग्रेसबाट माननीय बनेका छन्। म पूरा जीवन कांग्रेसका लागि खर्चेको मानिस ७१ वर्षको उमेरमा निकालिएको छु।

मलाई नेपाल रहिरहोस् र कांग्रेसको भूमिका त्यसका लागि राम्रो होस् भन्ने लागेको छ। तर जुन किसिमले कांग्रेसको ‘ड्राइभिङ’ भइरहेको छ, यसले दुर्घटना हुने निश्चित छ।

कांग्रेसले बीपी कोइरालाको सिद्धान्त छोड्यो। बीपीले सहमति, सहकार्य र एकता भन्ने शब्दलाई नै सिद्धान्त बनाएका थिए।

अहिले यो सिद्धान्तको प्रयोग फरक तरिकाले गरिन थालेको छ। कांग्रेसले कसैलाई सक्नु छ भने नेताहरूबीच सहमति, सहकार्य र एकताको प्रयोग गर्ने गरेको छ।

एकजना स्याङ्जाका कांग्रेस नेताको निधन भयो। पार्टीले चारतारे झण्डा ओढाउन खोज्यो, तर उनका सन्तानले कांग्रेसको झण्डा ओढाउन दिएनन।

किन गरे होलान् त्यस्तो भनेर कहिल्यै नेतृत्व गम्भीर भएन। त्यो कम पीडाले गरेको निर्णय होला?

मलाई नेपाल रहिरहोस् र कांग्रेसको भूमिका त्यसका लागि राम्रो होस् भन्ने लागेको छ। तर जुन किसिमले कांग्रेसको ‘ड्राइभिङ’ भइरहेको छ, यसले दुर्घटना हुने निश्चित छ।

कांग्रेसको महाधिवेशन होला। नयाँ समिति बन्ला त्यसले केही घोषणा पनि गर्ला। तर, त्यस्ता निर्णयले कांगेसलाई बलियो बनाउने देखिन्न।

मेरो शुभकामना छ, ‘कांग्रेस राम्रो पार्टी बनोस्’।

(मञ्जु कार्कीसँग गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्