मोदी अयोध्या आउने भएपछि सीमामा भारतले कडाई गर्‍यो

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आउने भएपछि उत्तर प्रदेश प्रहरी र भारतीय सशस्त्र सीमा वल (एसएसबी)ले नेपालसँगको सीमा नाकामा कडाई गरेको छ।

भारतले नेपालसँगको सीमामा उच्च सतर्कता अपनाएको भारतीय अखबार टाईम्स अफ इण्डियाले आफ्नो समाचारमा उल्लेख गरेको छ।

भारतीय प्रधानमन्त्री मोदी साउन २१ गते अयोध्या आउँदैछन्। अयोध्यामा उनले राम मन्दिरको शिलन्यास गर्ने कार्यक्रम रहेको छ।

मुख्य सडक बाहिर पनि सीसी क्यामरा राखिएको भारतीय मिडियाले जनाएका छन्। तालिम प्राप्त कुकुर देखि विशेष सुरक्षा फोर्स खटाइएको छ। नेपालसँगको सीमा नाकामा मेटल डिटेक्टर जडान समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्