सल्यानमा पनि सुरक्षाकर्मीमाथी काेराेना संक्रमण

सारांशमा :
सिपाही नेपाली सेनाको सवुज गण सिमखर्कमा कार्यरत
पूरा पढ्नुहोस्:

सल्यान, साउन १७ / सल्यानमा पनि सुरक्षाकर्मीमाथी काेराेना संक्रमण भएकाे छ । जिल्लाको खलंगा स्थित लुहापिङ आइसोलेसनमा खटिएका नेपाली सेनाका एक सिपाहीमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

नेपाली सेनाको सवुज गण सिमखर्कमा कार्यरत ती सिपाही लुहापिङमा आइसोलेसन निर्माण पश्चात कोरोना संक्रमितको सुरक्षार्थमा खटिएका थिए । शनिबार पदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिए ।
हालसम्म सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ .

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्