उपसचिव सञ्जेलमाथि कुटपिट गर्ने कर्मचारी बर्खास्त 

सारांशमा :
• कर्मचारीलाई विदाको दिन पनि काममा बोलाएको भन्दै सञ्जेलमाथि कुटपिट भएको थियो
पूरा पढ्नुहोस्:

काठमाडौं,साउन १८ – उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट गर्ने कर्मचारी बर्खास्तमा परेका छन.
श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत २ जना कर्मचारी बर्खास्त भएका छन् । शनिवार कार्यकक्षमै सञ्जेलमाथि कुटपिट गरेका नेत्र निरौला र मेनुका सापकोटालाई सञ्जेलले बर्खास्त गरेका हुन् ।

उनीहरुले विदाको दिन पनि काममा बोलाएको भन्दै सञ्जेलमाथि कुटपिट गरेको बताइएको छ । शनिवार बिहान सञ्जेलमाथि हातपात गरेपछि दुबै कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सञ्जेल भ्रष्टाचारविरोधी भनेर चिनिदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्