पर्साको वीरगञ्जमा थप ३४ जनामा देखियो कोरोना,थप बढन सक्ने आंकलन

सारांशमा :
-स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी पनि संक्रमित
पूरा पढ्नुहोस्:

काठमाडौं – पर्साको बिरगन्जमा कोरोनाभाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । पर्सामा थप ३४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

सोमबार वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित थप ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाउको छ ।

थपिएका कोरोना संक्रमित १४ देखि ५६ वर्ष उमेर समूहका २८ जना पुरूष र ६ जना महिला रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए । यससँगै पर्सामा कोरोना संक्रमितको संखया ६ सय १४ पुगेको छ । त्यस्तै हालसम्म पर्सामा मात्रै कोरोनाबाट १० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्