कडा लकडाउन गर्न प्रधानमन्त्रीलाई बिज्ञको सुझाब

सारांशमा :
-कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि प्रधानमन्त्रीको विज्ञहरूसँग छलफल
पूरा पढ्नुहोस्:

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा बोलाएर गरेको परामर्शमा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले सरकारलाई पुनः लकडाउनको मोडालिटीमा जान सुझाव दिएका छन ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमण्म बढ्दो भएकोले ’छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राखेका थिए । समयमा नै कोरोना रोकथामको लागी लकडाउन नगरेमा थप भयावह हुन सक्ने भन्दै उनीहरूले सरकारलाई छिटोभन्दा छिटो उचित कदम चाल्न आग्रह गरेका थिए ।

पछिल्लो समय तराईका ठुला शहर र काठमाडौंमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको सन्दर्भमा प्रधानमन्त्री ओलीले मंगलबार विज्ञहरूसँग छलफल गरेका हुन् । छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत स्वास्थ्य क्षेत्रका बिज्ञहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्