सुनको मुल्य हाल सम्मकै उच्च, बिहिबार १ हजार १ सय बढयो 

सारांशमा :
- बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ थियो । 
पूरा पढ्नुहोस्:

काठमाडौं– सुनको मुल्यले रेकर्ड ब्रेक गर्ने क्रम बिहीबार पनि जारी छ । सुन बिहीबार प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ ।

बिहिबार तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ सय रुपैयाँ थियो । कोरोना भाईरसको माहामारीका बिच पनि सुनको मुल्य निरन्तर बढिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्