छत्रेश्वरीमा अझै बजेट पारित हुन सकेन, बहुमतको दम्भ देखाउन खोजियो–अध्यक्ष केसी

सारांशमा :
-नीति तथा कार्यक्रममा केहि बुँदा संशोधन हुनुपर्ने नेकपा बाट निर्बाचित जनप्रतिनिधिहरुले माग
पूरा पढ्नुहोस्:

सल्यान – सल्यानको छत्रेश्वरी गाउपालिकाको हाल सम्म पनि बजेट पास हुन सकेको छैन । बजेट पारित गर्ने भने बिषयमा नेकपा बाट निर्बाचित जनप्रतिनिधि र नेपाली काँग्रेस बाट निर्बाचित जनप्रतिनिधिहरु बिच सहमति जुट्न नसक्दा पारित हुनसकेको छैन ।
गाउपालिकाले यही असार १० गते आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि नगरसभा मार्फत प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा केहि बुँदा संशोधन हुनुपर्ने नेकपा बाट निर्बाचित जनप्रतिनिधिहरुले माग राखे पछि बजेट पारित हुन नसकेको हो ।
गाउसभा बसेको लामो समय बितिसक्दा पनि बजेट पारित हुन नसकेपछि गाउपालिका अध्यक्ष सन्तोष केसीले बिहिबार पत्रकार माझ हाम्रा केहि जनप्रतिनिधिले बहुमत छ भन्दै अनाबश्यक कुरामा बखेडा झिकेर बजेट पारित नभएको बताए । उहाँहरुले करारमा राखिएका कर्मचारीहरु हटाउनु पर्ने कुरा राख्नु भएको यो समयमा शिक्षा,स्वास्थ्य लगायतमा राखिएका कर्मचारीहरु हटाउदा कामकाजमा बाधा पुग्ने भन्दै कर्मचारी हटाउनु हुन भन्ने हाम्रो माग हो । कर्मचारी राख्दै गर्दा अथवा अन्य कामकाजहरु गर्दै गर्दा बिगतमा सबै संग सहमतिको आधारमा नै गष्एिकोले हाल आएर कर्मचारी बाट के समस्या रहेको हो बुझन नसकिएको अध्यक्ष केसी बताए ।

बजेट पारितको लागी सहमति गर्नको पटक–पटक गाउकार्यपालिको बैठक बसेपनि केहि वडा अध्यक्षहरुले करारका कर्मचारी हटाउनु पर्ने,सवारीसाधान दुरुपयोग रोक्नु पर्ने, बिगतमा कार्यपालिका बैठकले गरेका निर्णय कार्यान्वयन गर्नु पर्ने लगायतका माग राखेर बजेट पारित हुन नसकेको हो । गाउसभामा निति तथा कार्यक्रम सँगै रु.४२ करोड ७२ लाख ८० हजार ९ सय बराबरको अनुमानित बजेट पेस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्