बिहीबार कर्णालीका ४ जनामा कोरोना संक्रमण

सारांशमा :
-कोरोना पोजेटिभ सुर्खेत, दैलेख, जुम्ला र मुगुका १र१ जना महिलामा देखिएको छ ।
पूरा पढ्नुहोस्:

सुर्खेत– पछिल्लो पटक बिहिबार कर्णाली प्रदेशमा बिहीबार ४ जना कोरोना संक्रमित थपिएका छन्।
कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमध्ये ४ जनामा कोरोना पोजेटिभ देखिएको हो।

कोरोना पोजेटिभ सुर्खेत, दैलेख, जुम्ला र मुगुका १र१ जना महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।
महाशाखा अनुसारसुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १ जना, दैलेखको महाबु गाउँपालिकाका १ जना, जुम्लाको कनकासुन्दरी गाउँपालिकाका १ जना र मुगुको खत्याड गाउँपालिकाका १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १ हजार ९ सय ६० पुगेको छ।

स्वास्थ्य महाशाखाले जनाएनुसार १ हजार ८ सय ८ जना निको भइसकेका छन् भने १४६ जना विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्