३ दिन देखी सुनको मुल्य घटदै,मंगलबार प्रति तोला ८ सय घट्यो

सारांशमा :
-आइतबार तोलाको ९ सयले घटेको सुनको मूल्य सोमबार दुई सय रुपैयाँले ओर्लिएको थियो
पूरा पढ्नुहोस्:

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य निरन्तर बढिरहेको अबस्थामा मंगलबार भने सुनको मुल्य घटेको छ । सुन सोमबारभन्दा ८ सय रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय सोमबार प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन सोमबार एक लाख एक हजार ६ सयमा किनबेच भइरहेको छ ।

छापावाल सुन सस्तो बन्दा तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले नै घटेर तोलाको एक लाख एक हजार एक सय रुपैयाँ कायम भएको छ । आइतबार तोलाको ९ सयले घटेको सुनको मूल्य सोमबार दुई सय रुपैयाँले ओर्लिएको थियो ।
चाँदीको मूल्यले भने मंगलबार पनि उकालो लागीरहेको छ । चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी तोलाको १५ रुपैयाँले सस्तो बनेर १३ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्