नयाँ संक्रमित फेला परेपछि न्युजिल्याण्डमा फेरी लकडाउन

सारांशमा :
- ठूलो सहर अकल्याण्डमा लकडाउनको घोषणा गरिसकेको छ
पूरा पढ्नुहोस्:

काठमाडौं । न्युजिल्याण्डले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा करिब तिन महिनामा निक्कैनै सफलता हात पारेको थियो । तर १०२ दिन पछि फेरी कोरोना भाइरसका संक्रमित फेला पर्न थालेका छन् । बिहीबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा न्युजिल्याण्डमा कोरोना भाइरसका १४ नयाँ संक्रमित फेला परेका हुन् ।

न्युजिल्याण्डले कोरोना भाइरसको स्थानीय संक्रमित भेटिएसँगै मुलुकको सबैभन्दा ठूलो सहर अकल्याण्डमा लकडाउनको घोषणा गरिसकेको छ । साताको सुरुमा न्युजिल्याण्डमा एकै परिवारका चार जनामा कोरोना भाइरसको स्थानीय संक्रमण देखिएसँगै न्युजिल्याण्डले संक्रमण फैलिन नदिन सतर्कता अपनाएको छ । पछिल्लो २४ घण्टामा भेटिएकामध्ये १३ जनालाई उनीहरुको परिवारबाट संक्रमण सरेको हो भने एकजना बाहिरबाट न्युजिल्याण्ड आएका व्यक्ति हुन् ।

जिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले मुलुकमा नयाँ संक्रमित भेटिनुले अवस्था गम्भीर बनेको बताउँदै उनले बुधबारदेखि तीन दिन अकल्याण्डमा लकडाउनको घोषणा गरेकी हुन् ।
मंगलबारअघिसम्म न्युजिल्याण्ड १०२ दिनमा कोरोना भाइरसका स्थानीय संक्रमित फेला नपरेको मुलुक बनेको थियो । स्रोतः–बिबिसी

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्