’नेपोटिजम’को प्रभाब सडक २ को ट्रेलरलाई ६९ लाख डिसलाईक

सारांशमा :
-चलचित्रमा सञ्जय दत्त, पूजा भट्टका साथमा आलिया भट्ट र आदित्य रोय कपुरको मुख्य भूमिका छ
पूरा पढ्नुहोस्:

एजेन्सी । सन् १९९१ मा महेश भट्ट निर्देशनमा बनेको ’सडक’ को सिक्वेलका रूपमा आउको ’सडक २’ को ट्रेलर युट्युब ट्रेन्डिङको नम्बर एक स्थानमा छ । बुधबार मात्रै सार्वजनिक भएको यो ट्रेलर दर्शकले रूचाएर भन्दा पनि डिस्लाइक बढी गरेर ट्रेन्डिङमा परेको हो ।
सडकः२ ले एकै दिनमा यति धेरै डिस्लाइक पाएको छ की यो समाचार प्रकाशन गर्दासम्म यसले ६९ लाख हाराहारी डिस्लाइक पाइसकेको छ।
यस चलचित्रमा सञ्जय दत्त, पूजा भट्टका साथमा आलिया भट्ट र आदित्य रोय कपुरको मुख्य भूमिका छ। फिल्म २८ अगस्टमा अनलाइन प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज हुने बताइएको छ।
फिल्मको ट्रेलरलाई हेर्दा दर्शकले अस्वीकार गरिदिएको बुझिएको छ । हालैमात्र अभिनेता सुशान्तसिंह राजपूतको मृत्युपछि बलिउडमा चर्केको ’नेपोटिजम’ विवाद प्रत्यक्ष प्रभाव सडक(२ मा परेको अनुमान गरिएको छ ।
यो ट्रेलरले हालसम्म २ करोड ४५ लाख हेरिएको छ भने ३ लाख ८६ हजार लाइक पाएको छ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्