बुधबार रातिदेखि काठमाडाैं उपत्यका लकडाउनमा

तस्विर श्राेतः इन्टरनेट

काठमाडाैं । बुधबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा लकडाउन हुने भएको छ । तीनै नगर प्रमुखहरूकाे बैठकले भाद्र ३ मंगलबार उक्त निर्णय गरेकाे । बुधबार मध्यरातदेखि लागू हुने गरी उपत्यकामा लकडाउन गर्ने निर्णय गरेकाे हाेैं, नगर सम्बद्ध एक अधिकारीले जानकारी दिए  ।

मंगलबार साँझ काठमाडौं, ललितपुर र भक्तपुरका जिल्लाका संयुक्त सुरक्षा समितिको बसेको थियाे । उक्त  बैठकले सो निर्णय गरेको जानकारी प्राप्त भएकाे छ ।

खबर सराेकार बाेल्दै उनले भने,  “काठमाडौंमा तीव्र रुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासनले लकडाउन गर्ने निर्णय गरेको हो ।”

यसअघि, सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लास्तर वा जिल्ला भित्र लकडाउन, निषेधाज्ञा गर्न सक्ने गरी सबै अधिकार  दिएको थियाे । साेही अधिकारकाे प्रत्यायाेजन गर्दै गरी प्रशाशन कार्यालयहरूले लकडाउनकाे निर्णय गरेकाे जानकारी काठमाडाैं महानगर पालिकाले दिएकाे छ ।

श्राेतका अनुसार, दैनिक आवत जावत गर्नेहरू कतै अलपत्र नपरून् भनेर २४ घण्टा अगावै निर्णय सार्वजनिक गरिएकाे थियाे । बन्दाबन्दी माेडलकाे निषेधाज्ञा लागू भएपछि निर्वाध रूपमा हिँडडुल गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्