कुशेऔँशी अर्थात युगकवि माेति जयन्ती

तस्विर श्राेतः इन्टरनेट

काठमाडाैं । यस वर्षकाे कुशेऔँशी भाद्र ३ गते अर्थात आजका दिन परेको छ । आजैका दिनमा घरघरमा लगेर कुश राख्ने गरीन्छ ।

कुशें औँशी माेतिराम भट्टकाे जन्मदिवस पनि हाे । कविका सम्झनामा देशभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाउने प्रचलन छ । यस वर्ष उनको १५४ औँ जन्मजयन्ती हो । उनकाे जन्म र मृत्यु एकै तीथिमा भएकाे थियाे भन्ने विश्वाश रहिआएकाे छ ।

विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँशीका दिन जन्मिएका भट्टकाे विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँशीकै दिन निधन भएको थियो ।

राष्ट्रिय विभूति तथा युवककवि उपाधीधर मोतीराम भट्ट नेपाली भाषामा गजल लेखनका प्रवर्तक मानिन्छन् । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए ।

नेपालमा छापाखाना भित्र्याउनमा समेत योगदान रहेकाे बताइन्छ । भट्टले आदिकवि भानुभक्तले रचना गरेकाे रामायण विसं १९४१ मा छापेर सार्वजनिक गरेका थिए। भानुभक्तलाई चर्चामा ल्याउने काम उनैले गरेका थिए। भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।

केवल ३० वर्षको कलिलै उमेरमा प्राण त्यागेका भट्टले नेपाली साहित्य रसको विकासमा अहम् भूमिका निर्वाह गरेका थिए । उनले नेापली साहित्यकाे श्रीवृद्धिका लागि नेपाल र बनारसमा पनि मोती मण्डली बनाएर पाइला चालेका थिए । उनले पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलास लगायतलाई पनि साहित्यमा अघि बढाएकाे नेपाली साहित्यका ज्ञाता तथा इतिहासविद्हरू बताउँछन् ।

नेपालमा हरेक वर्ष कुशेऔँशीका दिनमा युगकवि मोतिराम भट्टको जन्मदिन मनाउने गरीन्छ ।  यस वर्ष कोरोना संक्रमणका कारण कवि संम्झनामा कुनैपनि औपचारिक कार्यक्रम हुन सकेन । यद्यपी, भाैतिक उपस्थिती मिहिन भए पनि विभिन्न व्यक्तिहरूले सामाजीक सञ्जालमार्फत श्रद्धा अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्