डडेल्धुरामा एम्बुलेन्स दुर्घटनामा परि चार घाइते

तस्विर श्राेतः इन्टरनेट

काठमाडाैं । ​डडेल्धुराबाट बैतडीतर्फ गइरहेको ब २ झ १७३२ नम्बरको एम्बुलेन्स दुर्घटना भएकाे छ । एम्बुलेन्स दुर्घटना हुँदा ४ जना घाइते हुन पुगेका छन् । दुर्घटना डडेल्धुराकाे अमरगढीमा मंगलबार साँझ ६ बजेतिर भएको हो ।

एम्बुलेन्स दुर्घटना हुँदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीले घाइतेहरुको उद्धार गरी अहिले डडेल्धुरा अस्पताल ल्याएको छ । उनीहरू सबैको अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएकाे छ ।

उक्त दुर्घटनामा परी बैतडीको पाटन नगरपालिका – ६ का ३९ वर्षीय चालक भुवन भण्डारी, सोही ठाउँका ३८ वर्षीय प्रेमसागर भट्ट, पाटनकै १८ वर्षीय निरज जोशी र डडेल्धुराको अजयमेरु गाउँपालिका – १ की २४ वर्षीया निर्मला विक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रहरी श्राेतले जनाए अनुसार, एम्बुलेन्स अनियन्त्रित भइ सडकबाट करिब १ सय ५० मिटर खसेको थियाे । दुर्घटना भएकाे एम्बुलेन्स पाटन स्वास्थ्य चौकीको रहेकाे जानकारी प्राप्त भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्