Logo

शिव श्रेष्ठले घुमाउरो शैलीमा भुवन केसीलाई ‘महानायक’ बताए



काठमाडाैं । नेपाली सिने जगत भित्र अहिले एउटा हाेड चलेकाे छ, महानायक र महानायीका बन्ने । उमेरले साठी छुनै लागेका देखि मध्यवयमा रमाइरहेका कलाकारसम्म यस दाैडमा सामेल छन् । एकले अर्कालाई सार्वजनिक रूपमा गाली गलाैज नगरे पनि समकालीनहरूमा अपनत्व भएकाहरूलाई महानायक र महानायिका बताउने खेल चल्दै छ । कलाकार दीपा श्री निराैलाले एक टेलिभिजन कार्यक्रममा बाेल्दै  अभिनेता राजेश हमाल महानायक हुनुकाे कारण काे बारेमा पश्न गरेकी थिइन् ।

त्यस्तै, शिवले भुवनको प्रशंसा गर्दै गर्दा भुवनले शिव श्रेष्ठ चलचित्र क्षेत्रको ‘महानायक’ भएको बताएका छन् । आज चलचित्र क्षेत्रको माहोल बन्नुमा भुवन केसीको ठूलो हात रहेको भन्दै शिवले केसीप्रति गर्व गर्नुपर्ने बताए । उनले भने “त्यतिबेला कोही मान्छे जन्मिएको थिएन जतिबेला चलचित्र क्षेत्र धरापमा परेको बेला भुवनले करोडपति चलचित्र लिएर आउनुभयो । उहाँले करोडपति चलचित्र नल्याएको भए यो क्षेत्र सखाप भैसक्थ्यो ।”

 

नेपाली सिने जगत् मा आजसम्म चलचित्र क्षेत्रका लागि कसैले दिन नसकेको योगदान भुवन केसीले दिएको शिवको भनाई छ । उनले थपे –”पहिले आफै चलचित्र बनाएर हजारौंलाई रोजागरी दिनुभयो । आज फेरि चलचित्र क्षेत्रका लागि अनमोल केसी जन्माउनुभयो । मेरो छोरा पनि हिरो हो । तर, हिरो र कलाकारमा फरक हुन्छ । अनमोल केसी हिरो हो । आज हेर्नुहोस् त अनमोल केसी आएपछि चलचित्र क्षेत्रमा के–के भएको छ ।”



प्रतिक्रिया दिनुहोस्