Logo

आयंका कार्कीकी आमा बनिन् नायिका प्रियंका कार्की



काठमाडाैं । बुधबार नायिका प्रियंका कार्की आमा बनेकी छन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी थिइन् । यस सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।

योसँगै उनका शुभचिन्तकले बधाई दिने क्रम सुरु भएको छ । प्रियङ्का गर्भवती भएको खबर बाहिरिएसँगै महिला र गर्भावस्थाका बारेमा ठुलै बहस सिर्जना भएको थियो। उनले बेबी बम्प देखाएर स्विमिङ पुलमा फोटो सुट गरेपछि आलोचना खेप्न परेको थियो ।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं‍. २०७६ साल फागुण १६ गते विवाह गरेका थिए । गर्भवती भएपछि प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा र आलोचना समेत भएको थियो ।



प्रतिक्रिया दिनुहोस्