Logo

टिकटकबाट अंश वर्माले डेड कराेड कमाएकाे खबर सत्यः रूटिन अफ नेपाल बन्द



काठमाडाैं । नेपाली टिकटकर अंश वर्माले एक कराेड पचास लाख भन्दा ज्यादा कमाइ गरेकाे खबरले नेपाली समाजिक सञ्जाल तातेकाे छ । कञ्चनपुर निवासी २२ वर्षिय अंश वर्मा गतवर्षकाे बन्दाबन्दी देखि चिनियाँ एप्लिकेसन टिकटकमा भिडियाे बनाउने र लाइभ बस्ने गर्दथे । उनी कानुनका विद्यार्थी हुन् । नेपाली युवापुस्तामाझ निकै लाेकप्रिय टिकटक एपकाे प्रयाेग गरेर उनले पैसा मात्रै कमाएनन् । वर्षकै चर्चित टिकटक प्रयाेगकर्ता समेत बन्न भ्याए ।

 

त्यस्तै, नेपालकै सबैभन्दा चर्चित फेसबुक पेज रूटिन अफ नेपाल बन्दले पनि उनकाे बारेमा लेख्दै अंशकाे कमाइ सत्य भएकाे उल्लेख गरेकाे छ । अंशले सातवटा फरक फरक माेबाइल फाेनकाे प्रयाेग गर्दै दिनकाे ८ देखि १५ घण्टासम्म टिकटकमा बिताउने गरेकाे पेजकाे पाेष्टमा उल्लेख छ ।

 

Image

 

 

काेराेना कहरकाे दाेश्राे लहरसँगै उनले लाइभ मार्फत फलाेअर बढाइदिने भन्दै एक अर्कालाई फलाे गर्न आग्रह गर्ने गर्दथे । विगत केही महिना यता नेपालमा टिकटक प्रयाेग कर्ताले लाइभ बापत हुने गरेकाे कमाइ सार्वजनिक गर्ने चलनसँगै अंश एकाएक चर्चाकाे पात्र बने । भिडियाेमा उनले टिकटकबाट डेढ कराेड भन्दा बढी पैसा कमाएकाे र घर खरिद गरी केही रकम दान पनि गरेकाे उल्लेख गरेका छन् ।

 

सामाजिक सञ्जाल टिकटकमा प्रयाेग कर्ताले छाेटाे भिडियाे बनाउने सुविधासँगै लाइभ बसेर पैसा कमाउने अवसर पनि पाउँछन् । त्यसका लागि लाइभ च्याटमा दिइने गिफ्टकाे भूमिका अझै महत्वपूर्ण हुन्छ । प्रयाेगकर्ताले दिने गिफ्ट टिक्टकसँग किन्नुपर्ने हुन्छ । त्यसैकाे केही हिस्सा लाइभ बस्नेले पाउँछन् । त्यसका अलावा लाइभ बस्ने व्यक्तिकाे छेउमा देखिने विज्ञापनले पनि प्रयाेगकर्ताकाे आम्दानीकाे सुनिश्चितता प्रदान गर्दछ ।

 

टिकटकर अंश वर्माका केही चर्चित भिडियाेहरू हेर्नुहाेस् ( भिडियाे श्राेतः अंश वर्माकाे टिकटक वाल )

 

 



प्रतिक्रिया दिनुहोस्