Logo

संसद विघटन संविधान र गणतन्त्रमाथि प्रहार :काँग्रेस नेतृ संग्रौला



इन्द्र बुढाथोकी / सल्यान ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले प्रधानमन्त्री केपि वलि अराजक अस्तिरता अलोकतान्त्रिक कायरता पन देखाउदै सविधानसभा विघटन गरेको आरोप लगाएकी छन् कम्युनिस्ट कारण सुःखी नेपालीको नारा दुःखी नेपालीमा परिणत भएको बताउनुभएकाे छ । सोमबार बिहान सल्लीबजारमा महिलाहरु सङ्ग बोल्दै यस्तो बताउनुभएकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असैबैधानीक, अलोकतान्त्रिक तरिकारले संसद बिघटन गरेकाले सिधै संविधान र गणतन्त्र माथी प्रहार गरेको उहाँको भनाई छ । ओलीको संसद विघटनले देशलाई पूणः द्धन्द्धमा धकलेको जिकिर दिनुभयाे । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाइने भएपनि कानुन विपरित, संविधान विपरित कार्य गरेकाले काँग्रेस उक्त कदम सच्चिनु पर्नेमा जोड दिदै आइरहेको बताउनुभयाे ।

संसद नहुँदा जनताको आवाजलाई मुखरित गर्ने थलोको रुपमा रहेको सडकमा उत्रिएको उहाँको भनाई छ । पार्टी भित्र एक तिहाई महिलालाई नेतृत्वमा ल्याउनको लागि जागरण अभियान ल्याएको केन्द्रिय सदस्य डिला सग्रौलाले बताइन् आफुले पार्टी भित्र महिलालाइ क्रीयाशिल सदस्य दिन समेत आफुले दवाब दिएको बताउनुभएकाे छ । केपि वलिको कायरता पनि र संसदमा आफू माथी लागेको आरोपको फेस प्रतिवाद गर्न नसकेको समेत आरोप लगाउनुभएकाे छ ।



प्रतिक्रिया दिनुहोस्