Logo

ग्रामीण बचत तथा ऋण सहकारी संस्था सल्यानले यसरी मनायो आफ्नो२६औं स्थापना दिवस



सल्यान ।
सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सल्यानले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा विविभन्न सामाजिक कार्यहरु  सञ्चालन गरेको छ ।

स्थापना दिवसको अवसरमा संस्थाले बुधवार जेष्ठ नागरिकलाइ सम्मान गरेको हाे । संस्थाका अध्यक्ष धिरेन्द्र कुमार शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २७ जना जेष्ठ नागरिकलाइ सम्मान गरिएको हो । संस्थाका सचिव सनत कुमार शर्माले संचालन गरेको कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड सल्यानका अध्यक्ष केशव सिं श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा संस्थापक अध्यक्ष धुर्ब मल्ल,बुद्धिराज बिष्ट र केशव सिं श्रेष्ठले संस्थाको उत्तरोत्तर प्रगतीको शुभकामना दिंदै मन्तव्य व्यक्त गर्नु भएको थियो ।दिवसको अवसरमा विहान वित्तीय साक्षरताको व्यानर सहित खलंगा बजारमा प्रभातफेरी समेत गरिएको थियो ।


स्थापना दिवसकै अवसरमा संस्थाले माघ २७ गते त्रिजमावि मार्केमा कक्षा ११ र १२ मा अध्ययनरत ३१ जना विद्यार्थीहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । यस अघि पनि संस्थाले विभिन्न समयमा विद्यालयहरुमा गरिएको वित्तीय शिक्षा कार्यक्रम प्रभावकारी भएको प्रवन्धक शान्ता राइले जानकारी दिनुभयोे ।उहाँले विद्यार्थीहरुमा वित्तीय शिक्षाको ज्ञान हुँदा अभिभावकहरुलाई सहकारीमा जोड्न सकिएको र बाल बचत पनि बढ्ने गरेको बताउनुभयो ।

यस्तै संस्थाले जिल्लामा रगत अभावको समस्या न्यून गर्न रक्तदान कार्यका लागि ५४ जना स्थानीय व्यक्ति एवम सदस्यहरुको रक्त समूह पहिचान तथा अभिलेखीकरण गरेको छ । स्थानीय समुदाय तथा सदस्यहरु विरामी परेको र रगत आवश्यक परेको बेलामा भन्नेवित्तीकै रक्तसमूह मिल्ने व्यक्ति उपलब्ध नहुने भएकोले संस्थाले रक्त पहिचान गरी अभिलेख राख्ने कार्यलाई प्राथमिकता दिएको संस्थाका अध्यक्ष धिरेन्द्र कुमार शाक्यले जानकारी गराउनुभयो ।

२७ औं वर्ष प्रवेशको समयमा यस सहकारी संस्थाले १८ सय ४२ सदस्यमार्फत कुल २० करोड ४७ लाखको कारोबार गरिरहेको छ । सस्थामा कुल २ करोड २९ लाख सेयर पुँजी, १५ करोड ३ लाख १८ हजार बचत संकलन र १५ करोड ५ लाख ७७ हजार ऋण लगानी रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्