Logo

प्रदिप उदासका दुई गजल



 

सफरभरी भिर बनाएर दलदल बनाएर
भ्रममा नपार्नुस सडक समतल बनाएर

मुटु फुटेका रगत छाद्ने सेरहरु जोडेछु
सुन्दिनुस घाइते गजल कुशल बनएर

तिम्रो सिउदोमा रङ्गिने औकात त छैन
खुट्टामा लगाउ मलाई चप्पल बनाएर

यो शहर कहिल्यै निदाउन सक्ने छैन
कच्ची सम्बन्धका पक्की महल बनाएर

तरवारमा जिन्दगी अचानोमा शिर भेटिन्छ
यो बदशाला हो हजुर, यहाँ घाटी छेडिन्छ

गरिवको आफ्नो भन्नू अभाव मात्रै त हो
बल्ल तेल किनेर राखियो अब नुन सकिन्छ

आमाको औसधि बाको चप्पल फेर्न सकिएन
अचेल मज्जाले आफुलाई मुर्दा सङ्ग दाजिन्

त्यो अग्लो महलको छतबाट यो शहर देखिएला
‘उदास’को झुपडी बाट पुरै दुनिया देखिन्छ



प्रतिक्रिया दिनुहोस्