
गायक छपेन्द्र परियार कै शब्द र संगित रहेको यस गितलाई मिक्सिङ मास्टरिङ् र एरेन्ज विशाल निरौंलाले गरेका छन्। गीतको म्युजिक भिडियोमा नायक पुष्प खड्का र गरिमा शर्माको अभिनय रहेको छ । साथमा कमेडी कलाकार सन्तोष मगरातीको अभिनयलाई पनि हेर्न सकिन्छ ।
चर्चित निर्देशक जि.बि. आग्रीले निर्दैशन गरेको यस भिडियोमा पुष्प र गरिमा प्रेम प्रमिका बनेका छन् । भिडियोमा मेकअप बिमला तामाङ्को छ भने भिडियो लाई दिपक एम सिहंले कोरियोग्राफी गरेका छन् । नवराज उप्रेतीको क्यामरा रहेको छ ।
उक्त गितको भिडियोमा रंग संयोजन र सम्पादन सिलन लम्सालले गरेका छन् ।गितको भिडियोलाई (CP PARIYAR ) नामक अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।
भिडियो लिकं: https://youtu.be/b2VDQBVv4fU