Logo

एमालेमा खनाल नेपाल सहित ११ जना निष्कासित



खनाल–नेपालसहितका ११ नेतालाई ‘आफ्नो पार्टी अध्यक्ष, दलका नेता र प्रधानमन्त्रीबाट हटाउन विपक्षी पार्टीहरुसँग मिलि विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहित समर्थन गर्नेजस्ता अनुशासनहीन, अराजक, अनैतिक र लोकतान्त्रिक पद्धतिविरुद्धको कार्य’ गरेको आरोपमा कारबाही गरिएको छ ।

शनिबारको स्थायी कमिटी बैठकले खनाल–नेपालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन, कल्याणी खड्का, सरला यादव र निरा जैरूलाई स्पष्टीकरण सोध्ने निर्णय लिएको थियो । तर, स्पष्टीकरण नबुझाएपछि खनाल–नेपालसहितका यी नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

त्यसबाहेक उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत १२ नेतालाई पनि कारबाही गर्ने तयारीसहित २४ घण्टे स्पष्टीकरण मागिएको छ । यी नेताले पनि स्पष्टीकरण नबुझाउने संकेत गरेका छन् । स्पष्टीकरण नबुझाए १२ नेतालाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने तयारी अध्यक्ष केपी शर्मा ओलीको एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्