Logo

राजनैतिक चेतना बोकेर उदाहरणीय अभियानको थालनी गर्दै पोखराका युवा



पोखरा महानगरपालिकाका युवाहरुले पोखरा क्षेत्रमा केन्द्रित भई एउटा उदाहरणीय अभियान “सामाजिक तथा राजनीतिक अभियान” सञ्चालन गर्न प्रारम्भिक अवधारण तयार पारेका छन।

उक्त अभियानले, जनसरोकार राख्ने जुनसुकै विषयमा सरकार वा सम्बन्धित निकायको विरोध वा आलोचना मात्र नभई समस्याहरुको गहन अध्ययन एवम अनुसन्धान गरी हल गर्न मार्ग निर्देश गर्ने,युवाहरुको नेतृत्व विकास गर्ने,विकास र सुशासनका निम्ति सक्षम व्यक्तिको तेतृत्व पहिचान गरी आगामी विकल्प प्रस्तुत गर्ने मान्यतामा प्रतिबद्ध रहि काम गर्ने छ ।

आफ्नो ठाँउमा आफै विकल्प बनौ भन्ने सचेतनाका साथ अघिल्लो वर्ष “जागौँ पोखरा अभियान” समेत शुरु गरेका केहि प्रगतिशिल, विकासप्रेमी तथा जागरुक युवाहरुको समूहद्धारा प्रस्तावित प्रारम्भिक अवधारणा यस प्रकार छ ।

 

प्रस्तावित “सामाजिक तथा राजनीतिक अभियान” बारे प्रारम्भिक अवधारणा

१. यो अभियानको प्रकृति वा “मोडेल” कस्तो हुनेछ ? – यो अभियान “प्रतिक्रियात्मक” होईन समाधानमुखी अभियान हुनेछ । अर्थात् जनसरोकार राख्ने कुनै पनि विषय वा मुद्वामा यसले स्थानीय सरकार वा सम्बन्धित निकाय प्रति प्रतिक्रिया दिएर वा विरोध गरेर मात्र संचालित हुने छैन । त्यस विषय वा मुद्वाको अन्तर्य मै पुगेर विभिन्न पक्ष ( सम्बन्धित सरोकारवाला, राजनीतिज्ञ,विज्ञ, बुद्वीजिवी, नागरिक समाज, पत्रकार र नागरिक) को तहमा यथेष्ट संवाद, बहस तथा परामर्श गरी तथ्यहरुको उत्खनन गर्नेछ तथा समस्याको गहन र सुझबुझ अध्ययन एवं अनुसन्धान गर्नेछ । – अन्तत : यी सबै प्रक्रियाको आधारमा यस अभियानले स्थानीय सरकार वा सम्बन्धित निकायलाई तत् विषयलाई तार्किक टुंगोमा पुर्याउन आवश्यक राय, सुझाव दिनेछ । यसले जवाफदेहीता, पारदर्शिताको सिद्वान्तलाई प्रबर्द्वन गर्नुका साथ साथै कुनै पनि विषयको हल गर्न मार्ग निर्देश गर्नेछ ।

२. सांगठानिक संरचना कस्तो हुनेछ ? – यस बारे हामी हाल छलफल कै प्रक्रियामा छौँ । यधपी प्रारम्भिक चरणमा अभियान बारे आधिकारिक धारणा राख्ने र सार्वजनिक रुपमा आवश्यक सूचना प्रवाह गर्ने प्रयोजनका लागि एक जना सदस्यलाई “प्रवक्ता/सूचना अधिकारी” मा चयन गरी अभियान संचालन गरीनेछ । – यस बाहेक एउटा कार्यकारी अधिकार प्राप्त ९-११ जनाको समिति गठन गरीनेछ । हामिले उठाउने हरेक बिषय कार्यकारी अधिकार प्राप्त एक जनालाइ कार्यक्रम संयोजक बनाइने छ । हरेक बिषय/मुद्दा नया ब्यक्तिलाइ नेतृत्व गर्न लगाई नेतृत्व बिकास गरिनेछ । मूलत : यो अभियान “पद कम, काम ज्यादा” को मान्यतामा प्रतिबद्व रहने छ ।

३. लक्षित समूह, कार्यक्षेत्र र सदस्यता बारे प्रावधान ? – यसको लक्षित समूह मूल रुपमा १६-३५ वर्ष उमेर समूहका युवा नै रहनेछ । यसको कार्यक्षेत्र भने पोखरा महानगरपालिका मात्र हुनेछ । हामी स्थापना काल मै भएकाले हाल पोखरा क्षेत्रमा केन्द्रित भई काम गर्नेछौँ र प्रारम्भिक समयमा गरेको कामको प्रभावकारिताको आधारमा मात्र अन्य क्षेत्रमा विस्तार गर्ने योजनामा छौँ । – पोखरा महानगरपालिका भित्रको क्षेत्रमा बसोबास गर्ने तथा पोखरा महानगर भित्र मताधिकार रहेको, कुनै पनि व्यक्ति यस अभियानको सदस्य बन्न सक्नेछ । साथै कुनै राजनीतिक दलको सदस्यता लिएको व्यक्ति (देश र समाजको लागी आफ्नो दलीय आस्था भंदा माथी उठन सक्ने) समेत यसको सदस्य बन्न सक्नेछ । यधपी केही विषयहरुमा सम्बन्धित व्यक्तिले लिखित तथा नैतिक प्रतिबद्वता जाहेर गर्नुपर्नेछ ।

४. संगठनको नियमन वा अभिभावकीय भूमिका बारे के व्यवस्था रहनेछ ? – “विधिको शासन” को मान्यतालाई अङ्गीकार गर्दै अभियानका संगठित सदस्यलाई अनुशासित र मर्यादित बनाउन तथा अभियानको सिद्वान्त, मूल्य-मान्यता एवं विधान प्रति प्रतिबद्व रहन एउटा छुट्टै स्वतन्त्र, स्वायत्त र अधिकार प्राप्त “अनुशासन संयन्त्र” बनाईनेछ । अनुशासन संयन्त्रमा अभियानको संगठित सदस्य नभएका व्यक्तिहरुलाई समाहित गरिनेछ र यसले अभियानलाई असर पार्ने अवान्छित गतिविधिलाई नियमन गर्नेछ । – यस बाहेक, अभियानलाई अभिभावकीय भूमिका निर्वाह गरी आवश्यक सल्लाह, सुझाव एवं मार्गदर्शन प्रदान गर्न बिभिन्न क्षेत्रमा दक्षता हासिल गरेका प्रबुद्व व्यक्तिहरु रहने गरी सल्लाहकार समिति (३६-४५ यूथ सल्लाहाकार, ४६ + बरिष्ठ सल्लाहाकार) पनि गठन गरिनेछ । अभियानका गतिविधिलाई थप प्रभावकारी र परिणाममुखी बनाउन यी संयन्त्रहरुले महत्वपूर्ण भूमिका खेल्नेछन् भन्ने विश्वास लिएका छौँ ।

५. यस अभियानले तत्काल पोखरा महानगर भित्रका ब्यतिथि, भ्रष्टचार, नागरिकका समस्या लगाएत आम चासोका बिषयमा जनप्रतिनिधि तथा सरकारी निकायहरूलाई खबरदारी गर्ने रहेको भएता पनी बिकास र सुशासनको निम्ति सक्षम ब्यक्तीको नेतृत्व हुन जरूरी छ । त्यसैले यस अभियानले, पोखरा महानगरको आगामी नेतृत्वमा सक्षम बिकल्प प्रस्तुत गर्ने उदस्य राखेको छ । सधै नेता र सरकारको बिरोध गरेर मात्र, समास्याको समाधान निस्किदैन । कहिले सम्म नेताहरुलाई गाली गर्दै बस्ने ? देश र समाज प्रति चिन्तित हरेक नागरिक अब जाग्नूपर्छ । आफ्नो ठाउमा आफै बिकल्प बनौ । अब पनी चुप बस्ने भने अर्कों ५ बर्ष पनी सामाजिक संजालमा जनप्रतिनिधिलाई गाली गरेर बित्नेछ । त्यसैले अघिल्लो बर्ष पोखरामा चलेको जागौ पोखरा अभियान मा रहेर काम गरेका हामी केही युवाहरू सहित नया साथीहरु संग समय अनुकूल अनलाइन छलफल चलिरहेको ब्याहोरा सबै माझ जानकारी गराउदंछौ । धन्यवाद ।

 



प्रतिक्रिया दिनुहोस्