Logo

प्रचण्डले खाेले गाेकुल बाँस्कोटा जाेडिएको ७० करोड काण्डको पाेको



काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए पनि केपी ओलीले जोगाएको दाबी गरेका छन् ।

 

तत्कालीन एमाले अध्यक्ष पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले काभ्रेको पाँचखालमा बिहीबार आयोजित वाईसीएल भेलामा सम्बोधन गर्दै ७० करोडवाला कुरा प्रमाणित रुपले बाहिर आएपनि ओलीले बाँस्कोटाको गल्ती छैन भन्दै जोगाएको दाबी गरेका हुन् ।

 

एमाले अध्यक्ष ओलीले सधै भ्रष्टाचारीलाई जोगाउँदै आएको भन्दै प्रचण्डले वाइडबडी, यति काण्ड, गोकर्ण रिसोर्ट काण्ड, ओम्नी काण्ड मच्चाएर भ्रष्टाचारीको संरक्षण गरेको दाबी गरे । ७० करोड काण्डमा त बाँस्कोटाको झनै खुलेयाम संरक्षरण गरेका प्रचण्डको भनाइ छ ।

 

पूर्व प्रम ओलीले आफ्नो कार्यकालमा ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भनेर सुन्दा निकै राम्रो अभिव्यक्ति दिए पनि सधैं भ्रष्टाचारलाई ढाकछोप गर्ने गरेको भनाइ प्रचण्डको थियो । आफूले दुई दुई पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा भ्रष्टाचार शब्द पनि कसैले उच्चारण गर्न नसकेको दाबी गर्दै प्रचण्डले ओलीको कार्यकालमा भ्रष्टाचारबाहेक केही नभएको बताए ।

 

समाचार नेपालसमय डटकमबाट साभार गरिएकाे हाे ।

 



प्रतिक्रिया दिनुहोस्