Logo

काङ्ग्रेसकाे ब्यहाेरादेखि गगन थापा स्वयं असन्तुष्टः वैकल्पिक काङ्ग्रेसकाे खाेज



नेपाल काङ्ग्रेस पार्टीका नेता गगन थापाले काङ्ग्रेस महाधिवेसन समयमा नहुने छाँट देखिएपछि पार्टीकाे अहिलेकाे प्रवृत्ति प्रति खराे असन्तुष्टि व्यक्त गरेका छन् । नेता थापा यसपटककाे महाधिवेसनमा महामन्त्री पदकाे लागि उम्मेद्वारी दिएका व्यक्तित्व हुन् ।

 

सामाजीक सञ्जाल फेसबुकमा लेख्दै उनले व्यक्त गरेकाे अभिव्यक्ति यस प्रकारकाे छः “कति सजिलै सर्छ अधिवेशनको मिति !
१३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने ।
बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं । #कांग्रेसपुनर्निर्माण”
 

यसअघि काङ्ग्रेसका नेता तथा परराष्ट्र मामिला जानकार तथा राष्ट्रिय सुरक्षा सल्लाहकार प्रणय शमशेर राणाले पनि फेसबुक वालमा लेख्दै असन्तुष्टि पाेखेका थिए । उनले पार्टिकाे महाधिवेसनकै कारण विभिन्न अन्तराष्ट्रिय भ्रमण तथा पेशागत कामकाज प्रभावित भएकाे उल्लेख गरेका थिए ।

नेपाली काङ्ग्रेस पार्टीमा महादिवेसन लम्बिनु नाैलाे विषय भने हाेइन । काेराेना कहर लगायतका व्यवधान अघि सार्दै नेतृत्व पङ्तिले पटक पटक महाधिवेशनकाे मिति सारेकाे थियाे ।



प्रतिक्रिया दिनुहोस्