Logo

माओवादी नेता पुनकाे उपचार नेपालमा नगरिनेः बैंकक लैजानुपर्ने पारिवारकाे मत



काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ । जन्डिसका कारण ललितपुरस्थित सुमेरु अस्पतालमा उनी दुई दिनदेखि उपचारका लागि गएका थिए । पुनलाई थप उपचार गर्न बुधबार बिहान बैंकक लैजान लागिएको बताइएको छ ।

 

सांसदसमेत रहेका पुन लामो समयदेखि जन्डिसबाट पीडित रहेको र त्यसको उपचारका लागि उनलाई बैंकक लान लागिएको हो । पुनको पारिवारिक स्रोतका अनुसार जन्डिसको समस्या बढेपछि बैंकक लैजाने निर्णय भएको हो । उनको यसअघि पनि बैंककमा उपचार गरिएको थियो ।

 

दुई दिन अघि सुमेरु अस्पतालमा उपचार गराएका उनलाई थप उपचारका लागि बैंकक लैजान चिकित्सकले सुझाएको पारिवारिक स्रोतले जानकारी दियो । पुनलाई २०७२ सालमा पनि बैंककमा उपचार गरिएको थियो ।

 

त्यतिबेला उनी लामो समय उपचारका लागि बैंककमा बसेका थिए । त्यसपछि पुनले नियमित औषधि लिइरहेको र प्रत्येक वर्ष फलोअपका लागि बैंकक गइरहेका थिए । तर पछिल्लो दुई वर्ष भने उनी कोभिड-१९ महामारीका कारण फलोअपमा जान नसकेको बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्