Logo

रुकुम पश्चिमकाे बाफिकोट गाँउपालिमा सुरू भयाे ५ बर्ष मुनिका बालबालिकालाई बाल पोषण भत्ता कार्यक्रम



प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पश्चिमकाे बाफिकोट गाउपालिलाले ५ बर्ष मुनिका बालबालिकालाई बाल पोषण भत्ता दिने रुकुम पशिमको बाफिकोट गाउपालिकाका सबै वडाका बालबालिकाले बाल पोषण भत्ता पाउने भएका छन । जन्मेको दिन देखि ५ बर्ष मुनिका बालबालिका बाल पोषण भत्ता पाउदै छन ।

यसको निम्ति बाफिकोट गाउपालिकाले तथ्यांक संकलन सुरु गरेको बाफिकोट गाउपालिकाले जनायको छ । नेपाल सरकारको गत पुस १० गत्तेको सुचना अनुसार ५ बर्ष मुनिका बालबालिकालाई पोषण भत्ता उपलब्ध गराउने निर्णय पछी गाउपालिकाको सबै वडामा तथ्यांक सुरु गरियको बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर केसीले जानकारि दिनुभएकाे छ । सोमबार देखि बाफिकोट गाउपालिकाका सबै वडामा सुचना प्रकाशन गर्दै तथ्यांक संकलन कार्य सुरु गरियको बाफिकोट गाउपालिका अध्यक्ष केसीले जानकारि बताउनभयाे ।

आफ्नो वडा भित्रका अबिभाबकलाई बालबालिकाको जन्मदर्ताको फोटोकपी , १ प्रति बच्चाको फोटो , र आमा बुवाको नागरिकताको फोटोकपी १ / १ प्रति उपलब्ध गराउन सकिने बाफिकोट गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञान बहादुर खड्काले बताउनभयाे । बालबालिकाको व्यक्तिगत विवरण यमअईयस प्रणालीबाट प्रबिस्टि गर्नुपर्ने भएकाले १५ दिन भित्र आआफ्नो वडामा कार्यालयमा निबेदन दिन निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले अनुरोत समेत गरे ।

यस नेपाल सरकारले दलित समुदायका बालबालिकालाई दिदै आयको बालापोशण भत्ता सरकारले सबैले पाउने निर्णय गरेको छ । बाल पोषण भत्ता बाफत अबिभाबकाले मासिक ४ सय रुपैया पाउने छन । सरकारले बाला पोषण भत्ता दिने भएपछी बाफिकोट गाउपालिका सबै अबिभाबक खुसि हुदै कागज पत्र लियर वडा कार्यालय पुग्ने गर्दछन ।



प्रतिक्रिया दिनुहोस्