Logo

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सल्यानले यसरी मनाउँदै छ स्थापना दिवस



सल्यान ।

सल्यानको शारदा नगरपालिका–२खलंगामा रहेको ग्रमिण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २६ औ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना २०५१ साल माघ २८ गते शनिबारका दिन स्थानिय ३१ जना महिला तथा पुरुषहरुको विशेष उपस्थिती एंव सर सल्लाहरुबाट शुरु भएको यस सहकारीले २६ वर्ष पुरा भएको अवसरमा विविध कार्यक्रम गरि मनाउने भएको संस्थाका प्रबन्धक शान्ता राइले जानकारी दिनुभयो ।

उहाँका अनुसार माघ २६ देखी २८ गते सम्म संस्थाको भवनमा दिपावली गर्ने,माघ २७ गते त्रिजमावि मार्केमा वित्तिय साक्षरता कार्यक्रम संचालन गर्ने र सोही दिन बिहान स्थानीयहरुको रक्त समुह पहिचान तथा अभिलेखीकरण गर्ने भएको छ ।

जिल्लामा बल्ड बैंकको स्थापना नभएको र जिल्लामा टाढा टाढा बाट आउने बिरामहिरुको लागी जतिबेला पनि रगतको आवश्यकता पर्ने भएकाले रक्त समुह पहिचान भएकाहरुको त्थ्याँक भएमा तुरुन्तै रगत दिने व्यक्तीलाइ खबर गर्न सकिने भन्दै रक्त पहिचान तथा अभिलेखीकरण गर्न लागेको संस्थाका अध्यक्ष धिरेन्द्र कुमार शाक्यले जानकारी दिनुभयो ।

यस्तै सहकारीले माघ २८ गते बिहान प्रभातफेरी कार्यक्रम सहित नगर परिक्रमा गर्ने र जेष्ठ नागरिक सदस्यलाइ सम्मान गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

पछिल्लो समय सहकारीहरुले पैसा लिने र ऋण दिने काम मात्रै गरी रहेको भन्ने गुनासो आइरहेको बेला सल्यानको सदरमुकाम खलंगामा रहेको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारीले रचनात्मक काम समेत गर्दै आएको छ ।

यस सहकारीले नियमित रुपमा सहकारी शिक्षा कार्यक्रम,सुत्केरी भेटघाट कार्यक्रम, सदस्यहरुसँग अन्तरक्रिया, बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्