Logo

देशप्रेमी नेपाली जनताले ग्यास चुल्हाे छाडेर विद्युत चुल्हाे प्रयाेग गर्नुपर्छः मन्त्री भुसाल



काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालद्वारा विद्युतीय चुल्हो प्रयोग गर्न आह्वान भएको छ । घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले मन्त्रीद्वारा उक्त अभिव्यक्ति दिइएकाे सचिवालय श्राेतले जनाएकाे छ ।

 

मंगलबार, ऊर्जा क्षेत्रमा उत्कृष्ट व्यावसायिक सीप केन्द्रको शुभारम्भ गर्दै भनिन्, “गोदावरी नगरपालिकामा ऊर्जाको उत्कृष्ट केन्द्र सञ्चालन भई दक्ष जनशक्ति उत्पादन हुनु गौरवको विषय हाे ।”

 

ललितपुरको थेँचोमा स्नाइडर इलेक्ट्रिक फाउन्डेशनले डन बोस्को इन्स्टिच्युटसँगको साझेदारीमा सञ्चालित उर्जा विकाश सस्था हाे । कार्यक्रममा, घरकाे भान्सामा स्वदेशी उत्पादन विद्युत् उपभोग गरेर लाभान्वित हुन जाेड दिदै मन्त्री पम्फाले आफ्नै देशमा उत्पादित विद्युत् खपत गरे चुलिएको व्यापारघाटा कम हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण जनतामा समृद्ध नेपाल बन्नेमा ढुक्क रहन आशा व्यक्त गरिन् ।

 

मन्त्री भुसालले समृद्धिका लागि पनि विद्युत् उत्पादन र खपतलाई सरकारले केन्द्रमा राखेको र नेपाल विद्युत् प्राधिकरणले २० युनिटसम्मको बिजुली निःशुल्क उपलब्ध गराउने र कृषि सिँचाइमा प्रयोग हुने विद्युत्मा सहुलियत दिने निर्णय गरेको जानकारी गराइन् ।

 

मन्त्री भुषालले “घरायसी उपभोगको विद्युत् महसुल दरमा कम गरेको छु, नयाँ महसुल दर लागू भएपछि एलपी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ” भनेकी थिइन् । मन्त्रीसँगै बोल्दै नगर प्रमुख गजेन्द्र महर्जनले आफ्नो क्षेत्रमा त्यसका लागि थप सहयोग गर्न नगरपालिका तयार रहेको बताएका छन् ।

 

कार्यक्रमा उपस्थित नेपालका लागि फ्रान्सका राजदूत जिल्लेस बोउडाओले केन्द्रको स्थापनासँगै रोजगारी सिर्जना र सीप विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले डन बोस्को इन्स्टिच्युटले तयार पारेको जनशक्तिले देश विकासमा ठूलो मद्दत पुग्ने बताए ।

 

त्यस्तै, नेपाल डन बोस्को सोसाइटीका अध्यक्ष फादर अगष्टीले नेपालका ग्रामीण क्षेत्रमा जनशक्ति कम भइरहेको अवस्थामा केन्द्रमा उत्पादित जनशक्तिले गाउँशहरसम्म सेवा दिने बताए । उनले ऊर्जा क्षेत्रमा हरेक किसिमका जनशक्ति उत्पादन गर्ने विश्वास दिलाउने प्रयत्न गरे ।

 

अन्त्यमा, स्नाइडर इलेक्ट्रिक फाउन्डेशनका कार्यकारी प्रमुख अनिल चौधरीले ऊर्जाको उपयोग आधारभूत अधिकार भएको उल्लेख गरेका छन् । उनले केन्द्रको स्थापनापछि दक्ष जनशक्ति उत्पादन हुनुका साथै देशमा व्यावसायिक सीप विकास हुने दावी व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्