Logo

बाँदर धपाउने मेसिन बनाउनेलाई दश लाख पुरस्कार



काठमाडौँ । प्रसिद्ध वैज्ञानिक तथा समाजसेवी महाबिर पुन ले बाँदर धपाउने उपकरण बनाउनसक्नेको लागि दश लाख पुरस्कार राशी घोषणा गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेख्दै उक्त पुरस्कार राशी घोषणा गरेका हुन् । उनी थप्छन्, चुनौती स्वीकार गर्न सक्ने प्रतिभावान व्यक्तिलाई दश होइन पन्ध्र लाख समेत दिन सकिने छ ।

महाविर पुनको अभियानमा रहेको संस्था नेशनल इनोभेशन सेन्टर नेपालले यसअघि पनि बन्दुक झैं पड्काएर चर्को आवज निकाल्न सकिने मेसिन बनाएको थियो । जुन निकै चर्चित र उपयोगी पनि सावित भएको प्रयोगकर्ताहरूको अनुभव छ ।

संसारमा अहिलेसम्म नबनेको मेसिन बनाउने प्रतियोगितामा जो कोहि सहभागी भएर आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने पुनले बताए । प्रतियोगिता जस्तै चुनौती भएतापनि त्यस उपकरणको बौद्धिक अधिकार भने व्यक्तिलाई नै दिईने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्