Logo

घरमा कम्प्युटर किन्ने पैसा नपुगेपछि सल्यानमा विद्यार्थीद्दारा विद्यालयको कम्प्युटर चोरी



मिना बुढाथोकी ।

सल्यानमा कम्प्युटर अप्रेटर पढी रहेका एक विद्यार्थीले विद्यालयको कम्प्युटर चोरी गरेका छन् । जिल्लाको शारदा नगरपालिका–६ निवासी कक्षा ११मा पढ्ने १८ वर्षीय विद्यार्थीले आर्थिक अभावका कारण घरमा कम्प्युटर किन्न सक्ने अवस्था नबनेपछि विद्यालयको कम्प्युटर चोरी गरेका हुन् ।

हाल सल्इानको शिवजन उमाविमा अध्यनरत सो छात्रले माघ २२ गते दुइ जना साथीहरुलाइ लिएर मदमकाँडा विद्यालयको एक सेट कम्प्युटर चोरेको आरोपमा प्रहरीले तिन जनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शारदा नगरपालिका–६ निवासी १८ वर्षीय मुख्य आरोपित उनलाइ साथ दिने कक्षा १२ मा अध्यन गर्ने १८ वर्षीय एक जना र बनगाड कुपिण्डे नगरपालिका –९ निवासी कक्षा ९मा अध्यनरत १५ वर्षीय बालक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण वलीले जानकारी दिनुभयाे ।

२२ गते राती मोबाइल गस्तीमा रहेको प्रहरी टोलीले आरोपित तिन जनालाइ श्रीनगर बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 श्रीनगरमा भाडाको एउटै कोठामा संगै बस्दै आएका साथीहरुलाइ मुख्य आरोपितले मलाइ आफ्नो पढाइ राम्रो संग अगाडी बढाउन कम्प्युटरको आवश्यकता पर्यो,घरमा किन्ने पैसा छैन,त्यसैले मैले एसइइ दिएको विद्यालयमा गएर लिएर आम सबैलाइ सिक्न सजिलो पनि हुन्छ भने पछि तिनजनाले योजना बनाएका हुन् ।

हाल तिनै जनालाइ हिरासतमा राखी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्